May 7, 2024, Tuesday
२५ बैशाख २०८१, मंगलवार

प्रदेश १ मा आज मन्त्रिपरिषद् विस्तार हुँदै (नामावली सहित )

मोरङ । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले आज मन्त्रिपरिषद् विस्तार गर्ने भयका छन । मुख्यमन्त्रीमा नियुक्ति भएको तीन महिनापछि राईले मन्त्रालय थप गरी सरकार विस्तार गर्न लागेका हुन्। विराटनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा आइतवार बिहान ११ बजे नवनियुक्त मन्त्रीहरूले शपथ लिने कार्यक्रम तय भएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।

Advertisement

१२ मन्त्रालय मध्ये एकीकृत नेकपा समाजवादीलाई मुख्यमन्त्रीसहित तीन, नेपाली कांग्रेसलाई पाँच, नेकपा माओवादी केन्द्रलाई तीन, जनता समाजवादी पार्टीलाई एक र एक मात्र सांसद रहेको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको भागमा एक राज्यमन्त्री हुने छ।

आज  कांग्रेसबाट तीन, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीबाट दुई, दुई मन्त्री नियुक्त हुने भएका छन्। नेपाली काँग्रेसबाट सभापति शेरबहादुर देउवानिकट प्रदेश सांसद प्रकाशप्रताप हाङ्गाम र शेखरचन्द्र थापा, कृष्णप्रसाद सिटौलानिकट ओमप्रकाश सरावगीको मन्त्रीका लागि नाम तय भएको छ । शेखर वन, वातावरण तथा भूसंरक्षण मन्त्री, हाङ्गाम भूमि व्यवस्था मन्त्री र सरावगी उद्योग, श्रम तथा रोजगार मन्त्री बन्ने भएका छन् ।

नेकपा माओवादी केन्द्रबाट झलकबहादुर मगर र रामकुमार राई, एकीकृत नेकपा समाजवादीबाट उपेन्द्रप्रसाद घिमिरे र खिनु लङवा लिम्बु मन्त्री बन्ने निश्चित भएको छ। माओवादी केन्द्रबाट राई खानेपानी, ऊर्जा तथा सिँचाइ र दर्लामी कृषि तथा पशुपंक्षी विकास मन्त्रीको बन्नेछन । नेकपा एकीकृत समाजवादीबाट पनि ३ जना मन्त्री बन्ने भएका छन् । खिनु लङ्वा लिम्बु पर्यटन तथा संस्कृति मन्त्री, राजन राई सामाजिक विकास मन्त्री र उपेन्द्र घिमिरे सूचना, सञ्चार तथा सहकारी मन्त्री बन्ने भएका छन् ।