May 16, 2024, Thursday
३ जेष्ठ २०८१, बिहीबार

लाइसेन्सका लागि अनलाइन फारम खुला

काठमाडौं । वागमती प्रदेशमा सवारीचालक अनुमति पत्र (लाइसेन्स)को अनलाइन फारम भर्ने सेवा आज बिहीबारबाट शुरु गरिएको छ ।

Advertisement

वागमती प्रदेशको यातायात सेवा कार्यालयले प्रदेशका १३ वटै जिल्लामा लाइसेन्सको अनलाइन फारम भर्ने सेवा आजदेखि शुरु गरेको हो ।

काठमाडौं उपत्यकासहित, चितवन, नुवाकोट, रसुवा, धादिङ, सिन्धुली, काभ्रे, मकवानपुर, दोलखा र रामेछापलगायत जिल्लामा स्थायी बसोबास गर्ने नेपाली नागरिकलाई लाइसेन्सको अनलाइन फारम भर्ने सेवा आजदेखि शुरु गरिएको र यसलाई निरन्तता दिइने वाग्मती प्रदेश यतायात सेवा कार्यालयका प्रमुख भक्तबहादुर भण्डारीले बताएका छन् ।

केही महिनाअघि प्रदेशका केही जिल्लाबाट विभिन्न प्रकारका लाइसेन्स प्राप्त गर्नका लागि लिखित परीक्षा उत्तीर्ण गरेर ट्रायलको परीक्षा दिन बाँकी तथा ट्रायल परीक्षामा अनुत्तीर्ण भई रिट्रायल दिने गरी कूल ६८५ जनालाई पहिलो चरणमा समावेश गराउने तयारी भइरहेको उनले बताए ।

यस्तै, केही महिनाअघि लकडाउनका कारण स्थगन गरिएको ट्रायल परीक्षा यही पुस १९ देखि २२ गतेसम्ममा सञ्चालन हुने पनि भण्डारीले जानकारी दिए ।