सपनिको झिनो त्यान्द्रो
– गंगा थापा अधिकारी गन्न नसकिने चिनीका दानाहरु जस्तो मनलाई पढ्दा पढदै जीवनको हिस्सा नै सकिन थालेछ जब, सुस्तरी सुस्तरी आशाको ढोका उघारेर हेर्दा त्यहाँ त रितो रितो भइसकेछ पहाडको कन्दराबाट निस्केको मिठो ध्वनिको स्पन्दहरूलाई खोज्दा खोज्दै जीवनको ओतलाई नै पहिरोले थिचिदिएछ!! झरनाको पानी र बगरको बालुवा छरिए अनि पोखिए जस्तो सुन्दर कल्पनाको लहराहरु झांगिन…