सपनिको झिनो त्यान्द्रो
– गंगा थापा अधिकारी
गन्न नसकिने चिनीका दानाहरु जस्तो मनलाई
पढ्दा पढदै जीवनको हिस्सा नै सकिन थालेछ
जब, सुस्तरी सुस्तरी आशाको ढोका उघारेर हेर्दा
त्यहाँ त रितो रितो भइसकेछ
पहाडको कन्दराबाट निस्केको मिठो ध्वनिको
स्पन्दहरूलाई खोज्दा खोज्दै
जीवनको ओतलाई नै पहिरोले थिचिदिएछ!!
झरनाको पानी र बगरको बालुवा छरिए अनि पोखिए
जस्तो सुन्दर कल्पनाको लहराहरु झांगिन नपाउदै
बीचैमा टुक्रिएर छिन्भिन् भएर ओइलिएछ
भोगाइको अनगिन्ति सिडीहरू चढदा चढ्दै कैयौ
यात्रामा हिडेका पैतालाको दुखाईलाई सहानुभुतिको
मलम पट्टी कसिदिने पनि कोही भएनछ!!!!
कैयौं यादहरू हराएकोछ कैयौं कपिको पानामा कोरिएकोछ
कति फालिएकोछ अनि कति मेटिसकेकोछ तर
केही युगयुगसम्म नमेटिने असली सुनको छाप बनेर
विपनिमा नदेखेको उज्यालो दिपलाई
सपनिको झिनो त्यान्द्रोले ब्युताईदिएकोछ!!!!!!
प्रतिकृया दिनुहोस्