खेलमैदान निर्माण

निस्दी गाउँपालिका–६ अर्चलेको सिमलडाँडा र रनगुवा टोलमा खेलमैदान निर्माण गरिएको छ ।

Advertisement

निस्दी गाउँपालिकाको रु तीन लाख ६० हजार अनुदान सहयोग र स्थानीय जनसहभागिताको रु ४० हजार गरी रु चार लाखको लागतमा सिमलडाँडामा खेलमैदान निर्माण भएको हो । सोही बजेटमा रनगुवाटोलमा पनि खेलमैदान निर्माण गरिएको छ ।

अहिले खेलमैदान व्यवस्थित भएपछि पालिकास्तरीय खेल आयोजना गर्ने र यहाँका खेलाडीलाई प्रोत्साहन गर्दै खेलकुदका कार्यक्रममा जोड दिइने वडाअध्यक्ष मेखबहादुर सुनारीले बताउनुभएको छ । व्यवस्थित खेलमैदान नहुँदा खेल खेल्न अप्ठ्यारो परेका बेला अब भने खेल खेलाउन र विभिन्न कार्यक्रम गर्न सजिलो पर्ने खेलकुद समन्वय समितिका अध्यक्ष कृष्णबहादुर सुनारीले बताउनुभयो ।

नवनिर्मित रनगुवा खेलमैदानमा आगामी माघ १४ गतेदेखि टोलस्तरीय भलिबल प्रतियोगिताको आयोजनासमेत गरिने जनाइएको छ ।