May 1, 2024, Wednesday
१९ बैशाख २०८१, बुधबार

मरिससको राष्ट्रिय फुटबल टोली नेपालमा

नेपाली राष्ट्रिय फुटबल टोलीसँग मैत्रीपूर्ण खेल खेल्न अफ्रिकी राष्ट्र मरिससको राष्ट्रिय फुटबल टोली आज नेपाल आइपुगेको छ ।

मरिससको टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीले स्वागत गरेका थिए । नेपालले त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा मरिसससँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ । मरिसस र नेपालबीचको पहिलो खेल शनिबार र दोस्रो खेल मङ्गलबार हुनेछ । नेपालले पहिलो पटक अफ्रिकी राष्ट्रसँग खेल्न लागेको हो ।

त्यस्तै, नेपालले पछिल्लो पटक सेप्टेम्बरमा भारतसँग दशरथ रङ्गशालामा दुई मैत्रीपूर्ण खेल खेलेको थियो । पहिलो मैत्रीपूर्ण खेल १–१ को बराबरीमा सकिएको थियो भने दोस्रो खेलमा नेपाल भारतसँग १–० गोलले पराजित भएको थियो ।

Advertisement