डेब्यू खेलमा२३ मिनेटभित्र ह्याट्रिक

काठमाडौं । जर्मन बुन्डेसलिगामा गएराती भएको खेलमा एर्लिन हालान्डले बोरुसिया डर्टमण्डमा शानदार डेब्यू गरेका छन् । यही जनवरी ट्रान्सफर विन्डोमा अष्ट्रियन क्लब साल्जवर्गबाट जर्मन क्लब बोरुसिया डर्टमण्ड पुगेका हालान्डको ५६ औं मिनेटमा मैदान छिरेर ह्याट्रिक गरेका छन् । डर्टमण्डलाई उनैले जित दिलाए

५६ औं मिनेटमा लुकास पिजेको स्थानमा हालान्ड मैदानमा प्रवेश गर्दा डर्टमण्ड ३–१ ले पछि थियो । तर जब हालान्ड मैदान छिरे, खेलको कथा फेरियो । मैदान प्रवेश गरेको तीन मिनेटमै उनले बुण्डेसलिगामा डेब्यु गोल गरे । उनले पहिलो टचमै गोल गरेका थिए । जसले डर्टमण्डको खेलमा फर्कने आशा पलायो । दुई मिनेटपछि डर्टमण्डका लागि जाडोन सान्चोले गोल गर्दै खेल ३–३ को बराबरीमा पुर्‍याए । त्यसपछिको दुई गोल हालान्डको नाममा रह्यो । उनले ७० औं र ७९ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। मैदान छिरेको २३ मिनेटमै यो सब भएको थियो । तर उनले २० मिनेट अन्तरमा तीन गोल गरेका हुन् ।जितपछि १८ खेलबाट ३३ अंक जोडेको डर्टमण्ड चौथो स्थानमा छ । समान अंक भए पनि डर्टमण्ड गोलअन्तरमा वायर्न म्युनिखभन्दा पछि छ ।

Advertisement