टी-२० विश्वकप छनोट खेल्ने नेपाली टोली घोषणा, सोमपाल र विनोद भण्डारी परेनन्

काठमाडौं ।  आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोटका लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमको घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार सन्दीप लामिछानेको कप्तानीमा  १६ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो।

Advertisement

टिमका नियमित सदस्य विनोद भण्डारी र सोमपाल कामी यसपटक परेका छैनन्  भने यू–१९ राष्ट्रिय टोलीका विवेक यादव र लोकेश बम पहिलोपल्ट राष्ट्रिय टोलीमा परेका छन्। विश्वकप छनोटको समूह ‘ए’ अन्तर्गतको ग्लोबल छनोट फेब्रुअरी १७ देखि २४ तारिखसम्म ओमानमा आयोजना हुदैछ।

छनोटमा आयोजक ओमानसहित नेपाल, फिलिपिन्स, क्यानाडा, युएई, बहराइन, आयरल्याण्ड र जर्मनी रहेका छन्।

नेपाली टिम 
सन्दीप लामिछाने (कप्तान), कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी, शरद भेषवाकर, करण केसी, आरिफ शेख, कुशल मल्ल, आसिफ शेख, कमल सिंह ऐरी, शाहब आलम, अविनाश बोहरा, प्रदिप ऐरी, जितेन्द्र कुमार मुखिया, विवेक यादव, लोकेश बम