ए डिभिजन लिग : जावलाखेलमाथि एनआरटीको सहज जित

काठमाडौं दर्शन गुरूङको दुई गोलमा न्यूरोड टिम (एनआरटी)ले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा जावलाखेल युथ क्लबमाथि सहज जित हात पारेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा एनआरटीले जावलाखेललाई २-० गोलले पराजित गरेको हो।

एनआरटीका लागि दर्शनले दुवै गोल दोस्रो हाफमा गरेका थिए।प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। जावलाखेलले बल पोसेसन राख्दै एनआरटीलाई दबाबमा राखे पनि गोल गर्न भने सकेन। जितसँगै एनआरटीले ९ खेलमा १३ अंक जोडेको छ।

एनआरटी लिगको छैटौं स्थानमा उक्लिएको छ। यता, जावलाखेलले ९  खेलमा ८ अंक जोडेको छ। जावलाखेल दशौं स्थानमा रहेको छ।

Advertisement