ए डिभिजन लिग : ब्रिगेडमाथि मछिन्द्रको जित

काठमाडौं । शीर्षस्थानको मछिन्द्र फुटबल क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा रेलिगेशनको चोटबाट फर्किएको ब्रिगेड ब्वाइज क्लब (बीबीसी) माथि सानदार जित हात पारेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा मछिन्द्रले बीबीसीलाई ४–० ले पराजित गरेको ह‍ो।

आइतबारको खेलमा मछिन्द्रका बिमल घर्तीमगरले दुई तथा रेजित सुब्बा र अभिषेक रिजालले समान एक–एक गोल थपे। जितसँगै अपराजित रहेको शीर्षस्थानको मछिन्द्रले दोस्रो स्थानको मनाङलाई पछि पारेको छ। मछिन्द्रले शीर्षस्थानमा ४ अंकको स्पष्ट अग्रता बनाएको छ। मछिन्द्रको ९ खेलबाट २३ अंक छ भने समान खेलबाट १९ अंक जोडेको मनाङ मर्स्याङ्दी दोस्रो स्थानमा छ। बीबीसी ९ खेलमा ६ अंक जोडेर १२ औं स्थानमा रहेको छ।

Advertisement