प्रधानमन्त्री कप क्रिकेटमा आज चार खेल हुँदै

काडमाडौं । प्रधानमन्त्री कप टी–२० क्रिकेट प्रतियोगितामा बिहीबार (आज) चार वटा खेल हुँदैछन् । त्रिवि क्रिकेट मैदानमा दुई र मूलपानी क्रिकेट मैदानमा दुईवटा खेल तय भएका छन् ।

त्रिवि मैदानमा हुने पहिलो खेलमा बिहीबार बिहान  कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश तथा दोस्रो खेलमा दिउँसो एक बजे प्रदेश–२ र लुम्बिनी खेल्दैछन् । मूलपानीमा मैदानमा हुने पहिलो खेलमा बिहान त्रिभुवन आर्मी क्लब र प्रदेश–१ तथा दोस्रो खेलमा एपीएफ र गण्डकी प्रदेश दिउँसो एक बजे खेल्दैछन् ।

प्रतियोगितामा सहभागी भएका १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा आर्मी क्लब, कर्णाली प्रदेश, पुलिस क्लब, सुदूरपश्चिम प्रदेश र प्रदेश–१ तथा समूह ‘बी’ मा एपीएफ क्लब, प्रदेश–२, वाग्मती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश रहेका छन् ।

Advertisement