आर्मीमाथि पुलिसको जित, कर्णालीले प्रदेश १ लाई हरायो

काठमाडौं।  प्रधानमन्त्री कप टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘ए’ को खेलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ। त्रिवि मैदानमा भएको खेलमा पुलिसले आर्मीलाई ४ विकेटले पराजित गरेको हो। जितसँगै पुलिस २ खेलबाट ४ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ। आर्मीले दिएको १३८ रनको लक्ष्य पुलिसले १८ ओभरमा ६ विकेट गुमाएर पार ग¥यो।

Advertisement

पुलिसका लागि ओपनर कुशल भुर्तेलले ३५ रन जोडे। उनले २२ बलमा ५ चौका र १ छक्का हिर्काए। शंकर राना र दीपेन्द्रसिंह ऐरी ४–४ रनमा आउट भए।

अनिल साह २२ र आरिफ शेख १० रनमा आउट भएका थिए। यस्तै रासिद खानले १९ बलमा २८ रन र दिलीप नाथले नटआउट २५ रनको योगदान गरे।

बलिङमा आर्मीका जितेन्द्र मुखियाले २ विकेट लिए भने साहल अलामले ३ विकेट हात पारे। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आर्मी १ बल खेल्न बाँकी छदा १३७ रनमा अलआउट भयो। आर्मीका लागि कप्तान विनोद भण्डारीले ४४ रन जोडे। उनले ३६ बलमा ३ चौका र ३ छक्का प्रहार गरे।

ओपनर सोमपाल कामीले ४२ रन बटुले। उनले ३५ बलमा ६ चौका हिर्काए। हरि चौहान, कुशल मल्ल  र सुसन भारीले १२–१२ जोडे।

बलिङमा पुलिसका करण केसीले ४ विकेट लिए। उनले चार ओभरमा १७ रन जोडे। गुल्शन झा र योगेन्द्रसिंह कार्कीले २–२ विकेट लिए।

यता यो समूहमा मुलपानीमा भएको अर्को खेलमा कर्णालीले प्रदेश एक लाई ३१ रनले पराजित ग¥यो।  पहिले ब्याटिङ गरेको कर्णालीले ७ विकेटको क्षतिमा १२० रन जोड्यो। कर्णालीका लागि कप्तान रवीन्द्र शाहीले ३६ रनको योगदान दिए।

१२१ रनको लक्ष्य पछ्याएको प्रदेश एक १७.५ ओभरमा ८९ रनमा अलआउट भयो। प्रदेश एकका लागि फिर्दोस अन्सारीले सबैभन्दा बढी २३ रन जोडे। बलिङमा कर्णालीका अनुज चुनाराले ४ विकेट लिए भने दिवान पुनले २ विकेट लिए।