पीएम कप क्रिकेट : बागमतीसँग लुम्बिनी ४९ रनले पराजित

काठमाडौं  । प्रधानमन्त्री कप पुरुष टी-२० क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले लुम्बिनी प्रदेशलाई ४९ रनले पराजित गरेको छ ।  मूलपानी क्रिकेट रंगशालामा सम्पन्न सोमबारको चौथो खेलको पहिलो पारीमा टस जितेर ब्याटिङ रोजेको बागमतीले पूरा ओभर खेल्दै ७ विकेट गुमाएर ११४ रन बनाएको थियो।

जवाफमा लुम्बिनी १५ ओभर चार बल खेल्दै सम्पूर्ण विकेट गुमाएर ६५ रनमा समेटिएपछि बागमतीले सानदार जित निकालेको हो। बागमतीका लागि इशान पाण्डेले १३ रन बनाए भने सुवास खकुरेलले ५१ रन जोडे। त्यस्तै, कप्तान ज्ञानेन्द्र मल्लले १९ रन बनाउनुबाहेक अन्य खेलाडीले सम्झनलायक प्रदर्शन गरेनन्। खेलमा खकुरेलले ५३ बलमा तीन चौका र दुई छक्काको सहयोगमा अर्धसतकीय पारी खेलेका हुन्।

लुम्बिनीका दुर्गेश गुप्ताले दुई विकेट लिँदा अनिल खकुरेलले पनि समान दुई विकेट गिराए। सिद्धान्त शाही, बसिर अहमद र विक्रम भुषालले समान १–१ विकेट लिए। जवाफमा लुम्बिनीका कप्तान कृष्ण कार्कीले १६ र बसिर अहमदले ११ रन बनाउनुबाहेक अन्य खेलाडीले सम्झनलायक प्रदर्शन गरेनन्। बागमतीका नन्दन यादवले तीन विकेट गिराउँदा सुवास खत्री, रामनरेश गिरी र तिलक भण्डारीले समान २–२ विकेट लिए। एक विकेट लिनेमा रिजन ढकाल रहे।

Advertisement