May 17, 2024, Friday
४ जेष्ठ २०८१, शुक्रबार

विश्व चर्चित फुटबल खेलाडी मेसी कोरोनाबाट सङ्क्रमित

विश्व चर्चित फुटवल खेलाडी लियोनल मेसीलाई कोरोनाभाइरसको सङ्क्रमण भएको छ । उहाँ अन्य तीन खेलाडीसँगै सेल्फ आइसोलेसनमा बस्नु भएको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् ।

Advertisement

अर्जेन्टीनाका खेलाडी मेसी अहिले फ्रान्सको फुटबल क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)मा आबद्ध हुनुहुन्छ । उहाँलाई सङ्क्रमण भएको कुरा उहाँ अहिले आबद्ध फुटबल क्लब पीएसजीले नै पुष्टि गरेको समाचारमा जनाइएको छ ।

सङ्क्रमण पुष्टि भएसँगै उहाँले अहिले तत्कालका लागि तय भएका खेलहरु गुमाउनु हुने भएको छ । उहाँसँगै सङ्क्रमित भएका उहाँका अन्य तीन सहकर्मीहरुले पनि स्वास्थ्य मापदण्डअनुसार आइसोलेसनमा बसेको अधिकारीहरुले जनाएका छन् ।

अति तीव्र गतिमा फैलिने भनिएको कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट युरोपेली मुलुकहरु अहिले नराम्रोसँग प्रभावित भएका छन् ।