May 21, 2024, Tuesday
८ जेष्ठ २०८१, मंगलवार

साफ च्याम्पियनसिप फुटबल- साफ पदाधिकारीलाई नेपालले नजितोस् भन्ने लाग्छ- अलमुताइरी

साफ च्याम्पियनसिप फुटबलको फाइनल खेलमा नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीलाई प्रतिबन्ध लगाइएको छ ।

Advertisement

साफको नियमावलीमा रातो कार्ड पाएमा मात्र अफिसियलले अर्को खेल गुमाउने उल्लेख भए पनि लिग चरणमा श्रीलंका र अन्तिम खेलमा बंगलादेशविरुद्ध पहेंलो कार्ड पाएका अलमुताइरीलाई आज भारतविरुद्ध हुने फाइनल खेलमा साफले प्रतिबन्ध लगाएको हो । अलमुताइरीले भने साफले आफूमाथि व्यक्तिगत रिसिइबी साँधेको आरोप लगाएका छन् ।

‘मलाई कारबाही गर्न कै लागि नियम परिवर्तन गरियो । यो निष्पक्ष र न्यायपूर्ण देखिएन,’ उनले भने, ‘यो मलाई होइन, नेपाली फुटबललाई कारबाही हो ।’ साफको नियमावलीमा दुईवटा पहेँलो कार्ड पाएका खेलाडीमाथि मात्र अर्को खेलमा निलम्बन हुने नियम रहेको उनको तर्क छ । यो नियम अफिसियलको हकमा रातो कार्ड खाएको अवस्थामा लागू हुने उनको भनाइ छ । भारतका प्रशिक्षक स्टिमाचले पनि बंगलादेशविरुद्धको खेलमा रातो कार्ड नै पाएकाले उनले पनि नेपालविरुद्ध हुने फाइनल खेल गुमाउने पक्का थियो । तर नेपालका प्रशिक्षक अल्मुतारीलाई समेत फाइनल खेलमा प्रतिबन्ध लगाइएको जानकारीसहितको पत्र साफले एन्फालाई दिएको छ ।

यसमा प्रशिक्षक अलमुताइरीले असन्तुष्टि जनाउँदै यो नियमविपरीत र अन्यायपूर्ण भएको प्रतिक्रिया दिएका छन् । उनले शनिबार बिहान भर्चुअल पत्रकार सम्मेलन गर्दै यो निर्णय भारतले खेल जितोस् भन्ने चाहनाबाट प्रेरित भएको बताएका छन् । उनले भनेका छन्, ‘मलाई लाग्छ उनीहरु (साफ पदाधिकारीहरु) नेपालको नतिजाबाट खुसी नहुन सक्छन् । उनीहरुलाई नेपालले नजितोस् भन्ने लाग्छ । मैले तयो महसुस गरिरहेको छु ।’

प्रशिक्षक अब्दुल्लाहले फुटबल खेल फिल्डमा हुनुपर्ने र बाहिर विभिन्न तनाव दिएर खेलिनु नहुने बताए । ‘उनीहरुसँग भारतीय प्रशिक्षक रिसायो भनेर नेपालको प्रशिक्षकलाई पनिस गर्ने ?’ उनले भने, ‘मेरो एउटा प्रश्न– बंगलादेशविरुद्धको खेलपछि बंगलादेशीले रेफ्रीमाथि आक्रमण गरेका थिए । उनीहरुलाई के सजाय भयो ?, तर उनीहरुले मलाई पनिस गरे किनभने उनीहरु भारतले जितोस् भन्ने चाहन्छन् ।’

‘यदि उनीहरु खेलको सम्मान गर्न सक्दैनन् भने फुटबल किन रुल गर्छन् ?,’ अब्दुल्लाहले भने, ‘साफले अब्दुल्लालाई मात्रै सस्पेन्ड गरेको होइन, नेपालको मुख्य प्रशिक्षकलाई सस्पेन्ड गरेको हो ।

प्रतियोगिता नियमावलीमा उल्लेख नै नभएको कारण देखाएर आफूलाई कारबाही गरेपछि अब्दुल्लाले आफू चुप बसे अर्को प्रतियोगितामा १० जना खेलाडी बाहिर भन्ने बाँकी नराख्ने बताए । अलमुताइरीले नेपाललाई साफ च्याम्पियनसिपको इतिहासमा पहिलो पटक फाइनलमा पुर्याएका थिए । बंगलादेशलाई बराबरीमा रोक्दै फाइनलमा पुगेर नेपालले इतिहास रचेको थियो । नेपालले निलम्बनविरुद्ध एएफसीलाई पुनःमूल्यांकनका लागि पत्र पठाएको भए पनि एएफसीले पनि साफकै निलम्बन लागू हुने बताएको छ ।