कोहली-विलियम्सनको सेमिफाइनल डेजा भू

इंग्ल्याण्ड र वेल्समा संयुक्त रुपमा जारि सन् २०१९ एक दिवसिय विश्वकपको सेमिफाइनल खेलहरु मंगलवारबाट सुरु हुँदैछन्। पहिलो सेमिफाइनलमा मंगलबार भारतले न्युजिल्याण्डको सामना गर्दा दोस्रो खेलमा बिहिबार अष्ट्रेलिया र इंग्ल्याण्ड भिड्नेछन्।

विश्वकप सेमिफाइनल पुगेका टोलीका ४ कप्तान मध्ये केन विलियम्सन र विराट कोहली उमेरले दुई कान्छा कप्तान हुन्। अष्ट्रेलियन कप्तान एरन फिन्च र इंग्ल्याण्डका कप्तान ओएन मोर्गन उमेरले ३२ बर्ष पुगिसकेका छन्। उता कोहली ३० बर्ष पुरा गर्नै लाग्दा विलियम्सन भने २८ बर्ष पुग्दैछन।

४ कप्तानहरु मध्ये विराट कोहली र केन विलियम्सनको सेमीफाइनलमा भेट ११ बर्ष अगाडी पनि भएको थियो। मलेसियामा सम्पन्न सन् २००८ यू-१९ विश्वकपको सेमिफाइनलमा भारतले न्युजिल्याण्डलाई ३ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो।

Advertisement