नवनियुक्त सदस्य–सचिव सिलवालद्वारा पदबहाली

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्य–सचिव रमेशकुमार सिलवालले आइतबार पदबहाली गरेका छन् । सिलवाललाई सोमबारै युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले सदस्य–सचिवमा नियुक्त गरेका हुन् ।

पदबहाली अघि खेलकुद मन्त्री विश्वकर्माले सिलवाललाई पद तथा गोपनीयताको शपथ खुवाएका थिए । निवर्तमान सदस्य–सचिव केशवकुमार विष्टको ४ वर्षे कार्यकाल असार ९ गते सकिएपछि सदस्य–सचिव पद रिक्त थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री विश्वकर्माले नवनियुक्त सदस्य–सचिवलाई आफूले पाएको जिम्मेवारीमा ढृद्ध भएर अगाडि बढ्न आवश्यक रहेको बताउदै निवर्तमान सदस्य–सचिवसंगको सहकार्य सुखद रहेको बताए ।

Advertisement