रियल मड्रिड द्वारा बार्सिलोनालाई २-० पराजित

काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत को भिडन्तमा बार्सिलोनालाई पराजित गर्दै रियल मड्रिड शीर्ष स्थानमा उक्लेको छ । आईतबार राति घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई मड्रिडले २-० ले स्तब्ध पारेको हो।बार्सिलोनालाई स्तब्ध पार्ने क्रममा भिनिसिअस जुनियरले खेलको ७१ औं मिनेटमा पहिलो गोल गरेका थिए भने दोश्रो गोल अतिरिक्त समयको दोश्रो मिनेटमा मारिएनोले गरे।जितले रियलका प्रशिक्षक जिनेदिन जिदानलाई राहत दिएको छ । पछिल्ला दुई लिग खेलमा रियलले एक अंक मात्र जोडेको थियो । पछिल्लो हप्ता च्याम्पियन्स लिगमा म्यान्चेष्टर सिटीसँग घरेलु मैदानमै पराजित भएपछि रियलका प्रशिक्षक जिदान दबाबमा थिए ।जितपछि जारी लिगमा २६ खेलबाट ५६ अंक जोड्दै रियल मड्रिड पहिलो स्थानमा उक्लेको छ भने पराजित बार्सिलोना समान खेलबाट ५५ अंक सहित दोस्रो स्थानमा छ ।

Advertisement