सन्दीपले टी–२० मा सय विकेट पूरा गरे

नेपालका लेग स्पिनर सन्दीप लामिछानेले अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा एक सय विकेट पूरा गर्ने पहिलो नेपाली क्रिकेटर बनेका छन् ।

यसअघि ९९ विकेट लिएका सन्दीपले मलेसियाविरुद्ध विकेट लिएपछि सय विकेटको आँकडा पूरा गरे । उनले मलेसियाविरुद्ध आज दुई विकेट लिए ।

सन्दीपले पहिलो ओभरको दोस्रो बलमा मलेसियाका भिरनदिप सिंहलाई र अर्को बलमा खिजार हायतलाई आउट गरेका थिए ।

Advertisement