May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

युरोपा लिगको अन्तिम १६मा युनाइटेड र वुल्भ्स

काठाडाैं। दुई इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र वुल्भ्स युरोपा लिगको अन्तिम १६ मा प्रवेश गरेका छन् । बिहीबार राति भएको खेलमा युनाइटेडले क्लब ब्रुगमाथि ५–०को प्रभावशाली जित निकाल्यो भने वुल्भ्सले इस्पानियोलसँग ३–२ले पराजित भएपनि अन्तिम १६मा पुग्यो ।बिहीबार राति ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडलाई शानदार जित दिलाउने क्रममा फ्रेडले २ गोल गरे भने ब्रुनो फार्नाडेस, ओडियोन इघालो र स्कट म्याकटोमिनो समान १ गोल गरे ।

पहिलो लेगमा युनाइटेडलाई १–१ गोलको बराबरीमा रोकेको बेल्जियन क्लबले बिहीबार भने सोही लय समाउन सकेन । खेलको सुरुवातमै डिफेन्डर सिमोन डेली रातो कार्ड खाँदै मैदान छोड्न बाध्य भएपनि ब्रुग दबाबमा परेको थियो । युनाइटेडले सगम्रमा ६–१को जित निकाल्यो ।यसैगरी बिहीबार राति नै स्पेनिस क्लब इस्पानियोलसँग ३–२ले पराजित भएपनि समग्रमा ६–३ को जित निकाल्यो अर्को इंग्लिस क्लब वुल्भ्सले पनि अन्तिम १६मा आफ्नो स्थान सुरक्षित ग¥यो ।बिहीबार वुल्भ्सविरुद्ध इस्पानियोलको जोनाथन क्यालोरीले ह्याट्रिक गरे । तर, त्यो टिमलाई अघिल्लो चरण पु¥याउन पर्याप्त भएन । उनले १६, ५७ र इन्जुरी सयमको पहिलो मिनेटमा गोल गरेका थिए । वुल्भ्सका एडम टाउरेले २२ र म्याट डोहेर्टीले ७९औं मिनेटमा गोल गरेका थिए । पहिलो लेगमा ४–०ले विजयी भएको फाइदा वुल्भ्सलाई भयो ।

Advertisement