May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

वरियता खस्कियो सन्दीप र पारसको , अलराउण्डरतर्फ भने सुधार

काठमाडौ। आइसीसीले बुधबार सार्वजनिक गरेको टि २० वरियतामा नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले आफ्नो स्थानमा सुधार गरेका छन् । भने स्पिनर सन्दिप लामिछाने दुई स्थान खस्किएका छन् ।आईसीसीले जारी गरेको नयाँ वरियतामा सन्दीप बलिङ विधातर्फ ८६ औं स्थानमा पुगेका छन। अफगानिस्तानका राशिद खान शिर्ष स्थानमा यथावत रहेका छन। आईसीसीले यसअघि माघ २० गते खेलाडीको टी ट्वान्टी वरियता जारी गरेको थियो । त्यसयता नेपालले कुनै अन्तर्राष्ट्रिय टी ट्वान्टी प्रतियोगिता खेल्न पाएको छैन् ।अलराउण्डरतर्फ भने पारस खडका एक स्थानमाथि उक्लिएर २६ औं स्थानमा छन। करण केसी र सोमपाल कामी अलराउन्डरतर्फ ६६ औँ स्थानमा यथावत रहेका छन् ।

Advertisement