May 20, 2024, Monday
७ जेष्ठ २०८१, सोमबार

नेकपा विवाद : ओली पक्षको केन्द्रीय समिति बैठक सुरु, प्रचण्ड निकट टोपबहादुर रायमाझी र मणि थापा पनि सहभागी

काठमाडौँ- नेकपाका प्रथम अध्यक्ष केपी शर्मा ओलीले डाकेको केन्द्रीय कमिटी बैठक बालुवाटारमा सुरू भएको छ ।ओलीको अध्यक्षतामा बैठक सुरु भएको हो ।

Advertisement

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पार्टी केन्द्रीय कमिटीको बैठक अध्यक्ष एवम् प्रधानमन्त्री ओलीको अध्यक्षतामा सुरु भएको जानकारी दिए ।दाहाल-नेपाल समूहले अपराह्न १ बजे केन्द्रीय कमिटी बैठक डाकेका बेला ओलीले त्यसअघि नै ओलीले बैठक बोलाएका हुन।

बिहान ९ बजेका लागि बैठक बोलाइएको भएपनि झण्डै डेढ घण्टा ढिला गरी सुरु भएको हो ।बैठकमा प्रचण्डनिकट मानिएका नेताद्वय टोपबहादुर रायमाझी र मणि थापा पनि सहभागी भएका छन् । पार्टी उपाध्यक्ष बामदेव गौतम र गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा बादल भने बैठकमा देखिएका छैनन् ।

प्रधानमन्त्री ओलीलाई स्थायी कमिटी बैठकबाट साधारण सदस्यसमेत नरहने गरी अनुशासनको कारबाही गर्न गरिएको प्रस्तावलाई मंगलबारको केन्द्रीय कमिटीबाट अनुमोदन गर्न दाहाल-नेपाल समूह लागेपछि ओलीले त्यसअघि नै अर्का अध्यक्ष दाहाललाई अनुशासनको कारबाही गरेको अनुमोदन गराउन लागेको बुझियको छ। अर्को समूहले कारबाहीको निर्णय गर्नअघि ओलीले पार्टी विभाजनको औपचारिक निर्णय वा आफू संस्थापन रहेको कानूनी उपचारको बाटोसमेत खोज्न सक्ने पनि निकट स्रोतले जनाएको छ ।