May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

अध्यक्ष प्रचण्ड गृहमन्त्री बादललाई भेट्न मन्त्रीनिवास, छिट्टै कित्ता क्लियर गर्छु :गृहमन्त्री बादल

काठमाडौँ– नेकपा अध्यक्ष प्रचण्ड गृहमन्त्री रामबहादुर थापालाई भेट्न मन्त्रीनिवास पुगेका छन् ।

Advertisement

प्रचण्ड थापालाई भेट्न उनको सरकारी निवास पुल्चोक पुगेका हुन् ।प्रधानमन्त्रीले बोलाएको आफू पक्षीय नेताको भेलामा नगएका थापालाई भेट्न प्रचण्ड उनको निवास पुगेका हुन् । उनले आज विहानैदेखि आफू पक्षीय नेतासँग छलफल गरेका थिए ।

सरकारमा रहेका कारण पार्टी विवादमा प्रधानमन्त्रीको पक्षमा देखिँदै आएका थापाले संसद विघटनपछि भने कुनै धारणा सार्वजनिक गरेका थिएनन्। उनी प्रधानमन्त्री ओलीकै पक्षमा जाने चर्चा चलिरहेका बेला सोमबार आफ्नै निवासमा भएकाे भेलाका कारण दबाबमा परेका छन्।

भेलामा सहभागी सबैजसो नेताले प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो कदमलाई समर्थन गर्न नसकिने र उनलाई पनि समर्थन नगर्न आग्रह गरेपछि थापा थप दबाबमा परेका हुन्।

भेलामा सहभागी अधिकांश नेताहरुले थापालाई कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगै सहकार्य गरेर अगाडि बढ्न सुझाब दिएको उनले बताए। भेलामा सहभागीहरुको सुझाबपछि गृहमन्त्री थापाले पार्टी विवादमा बीचमा बस्ने ठाउँ नरहेकाले छिट्टै कित्ता क्लियर गर्ने तयारीमा आफू रहेको बताएका थिए।

‘अब बीचमा बस्ने ठाउँ सकियो, तपाईंहरुको सुझाब अनुसार नै म निर्णय गर्छु, छिट्टै कित्ता क्लियर हुन्छ’, गृहमन्त्री थापाको भनाइ उद्धृत गर्दै एक नेताले बताय उनले सुझाबभन्दा बाहिर नजाने बतायको बतायियको छ। थापाको भनाइपछि नेताहरुले आज संसदसँग छलफल र भोलि केन्द्रीय समिति बैठक भएका कारण त्यसअघि नै आफ्नो धारणा सार्वजनिक गर्न आग्रह गरेका थिए।