May 15, 2024, Wednesday
२ जेष्ठ २०८१, बुधबार

प्रहरी महानिरीक्षक र सचिव नियुक्तिको तयारी,

२८ माघ, काठमाडौं आज बस्ने मन्त्रिपरिषद बैठकले नेपाल प्रहरीको महानिरीक्षक नियुक्त गर्नुका साथै निजामती सेवामा रिक्त रहेका चार सचिव पदमा पनि बढुवा गर्दैछ । गृहसचिव प्रेमकुमार राईसहित रामकुमार आचार्य, डा.गजेन्द्र ठाकुर, राजन खनाल र अनिल ठाकुरले अवकाश पाएपछि पाँच सचिव पद रिक्त छन् ।अपरान्ह साढे ३ बजे बस्ने क्याबिनेटले प्रहरी महानिरीक्षक नियुक्त गर्ने तयारी छ ।आईजीपी सर्वेन्द्र खनालसहित तीन एआईजी र १८ डीआईजीले अवकाश पाउँदैछन् । उनीहरुको विदाइका लागि अपरान्ह ४ बजे प्रहरी प्रधान कार्यालयले औपचारिक समारोह राखेको छ ।

Advertisement