May 19, 2024, Sunday
६ जेष्ठ २०८१, आईतवार

काठमाडौंका विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदालाई जोडन साइकल लेन निर्माण हुन्छ : पर्यटनमन्त्री भट्टराई

काठमाडौं । काठमाडौं उपत्यकाभित्रका विश्व सम्पदा क्षेत्रमा रहेका सूचीकृत सात सम्पदालाई जोडने गरी साइकल लेन निर्माण गरिने भएकाे छ। त्यसका लागि योजना बनिरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले जानकारी दिए । धार्मिक तथा सांस्कृति पर्यटनलाई लक्षित गर्दै एक सम्पदाबाट अर्को सम्पदामा आवतजावतमा सहजता हुने गरी साइकल लेन निर्माण गरिने कुरा पुरातत्व विभागले भूकम्पबाट क्षति भएका सांस्कृति सम्पदाहरुको पुनर्निर्माण कार्यको प्रगति विवरण सार्वजनिक गर्ने गरी गरिएको पत्रकार सम्मेलमा मन्त्री भट्टराईले यस्तो बताएका हन्।

नेपालका विश्व सम्पदा खतरा र कालो सुचिमा नपर्ने भन्दै उनले भने लुम्बिनीमा व्यापार गर्न पाईदैन भन्दै परोपकारका लागि खुलेका गुम्बामा व्यापार भएको पाइय कारबाही हुने बतायका छन। भक्तपुर, पाटन र वसन्तपुर दरबारलाई राति समेत भ्रमण गर सकिने गरि व्यवस्थापन भइरहेको , लाइटिङ जडानको केही काम सकिना साथ यी सम्पदामा रात्रीकालिन भ्रमणको व्यवस्था हुने उनले बताए । उक्त कार्यक्रममा पुरातत्त्व विभागले काठमाडौं उपत्यकाभित्र भूकम्पले क्षति पुराएको ५ सय ४० वटा संरचनामध्ये १ सय ६९ को निर्माण सम्पन्न भएको, काम भइरहेका २ सय ५६ र बाँकी १ सय २३ वटामा काम हुन बाँकी रहेको जनाएको छ। यसबाहेक अन्य जिल्लाको ३ सय ८० वटा सम्पदामध्ये १ सय ३९को निर्माण सम्पन्न भएको विभागले जनाएको छ।

Advertisement