विजयकुमार गच्छदारविरुद्ध भ्रष्टाचार मुद्दा लगाएको विरोधमा आइतबार पनि कांग्रेसले गर्‍यो संसद अवरोध,

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारको इसारामा कांग्रेस नेता गच्छदारविरुद्ध भ्रष्टाचार मुद्दा लगाएकोभन्दै कांग्रेसले तेस्रो दिन पनि संसद अवरुद्ध गरेको छ । अबरोधका कारण सभा मंगलबार बस्ने गरी स्थगित गरिएको छ।

सभाको सुरुवात गर्दै सभामुख अग्नि सापकोटाले तीन दिनदेखि अवरुद्ध रहेको भन्दै संसदलाई प्रभावकारी बनाउन सहयोगको अपेक्षा गरे। तर, कांग्रेसले अवरोध कायम राख्यो। उनले भने, ‘आजसमेत गरेर तीन दिन बैठक अवरोध भइसकेको छ। संसदलाई प्रभावकारी बनाउने हामी सबैको दायित्व हो। १४ गते मलाई विपक्षी दलका नेताले समेत निष्पक्ष भएर काम गर्नुहोस्, भन्नुभएको छ। उनले दुईदिन अवरोध गरेर सन्देश दिइसकेको भन्दै संसद सुचारु गर्न आग्रह गरे तर सुचारुहुने स्थिती नभयपछी सभामुख अग्निप्रसाद सापकोटाले माघ २८ गतेसम्मका लागि बैठक स्थगित गरेका छन् ।

Advertisement