क्वारेन्टाइनको लागि छोडिएको क्रुज जहाजभित्र १० जनामा कोरोना भाइरस

काठमाण्डौ – जापानको योकोहामा बन्दरगाहमा जहाजमा यात्रा गरिरहेका कम्तीमा १० जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएकाे स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।द डायमण्ड प्रिन्सेस नाम दिइएको उक्त जहाजमा ३७ सय यात्री तथा क्रुका सदस्य रहेको जापान टाइम्सले बताएको छ । यसअघि प्रकाशित समाचारमा जहाजभित्र ३५ सय यात्री भएको बताइएको थियो । जहाजमा यात्रा गरिरहेका हङकङका एक जना ८० वर्षीय वृद्ध यात्रीलाई निमोनिया पैदा गर्ने भाइरस लागेको भेटिएपछि उक्त जहाजलाई गत सोमबारदेखि योकोहामाको बन्दरगाहमा छोडिएको थियो। राष्ट्रिय प्रसारण सङ्गठन ‘एनएचके’ ले सङ्क्रमण देखिएको १० जना नै ५० वर्षभन्दा माथिका रहेको बताएको छ ।कोरोनाकोक कारण चीनमा ४ सय ९०जनाको ज्यान गैसकेको छ भने चाइना बाहिर २ जनाले ज्यान गुमाईसकेका छन भने कोरोनाबाट सङ्क्रमितको सङ्ख्या २० हजार नाघिसकेको छ ।

Advertisement