प्रधानमन्त्रीको २ घण्टा लामो सम्बोधन,दुई वर्षमा असाधारण काम भयो।

नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले डरलाग्दो ढंगले सरकार विरुद्धको प्रचार आक्रमण अघि बढेको गुनासो गरेका छन् । बुधबार काठमाडौंमा नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । लामो सम्बोधनको अधिकांश समय सरकारका कामको प्रतिरक्षामा खर्चिएका प्रधानमन्त्री ओलीले वैचारिक आग्रह पुर्वाग्रहबाट सरकारको लोकतन्त्रप्रतिको निष्ठामाथि प्रश्न उठाउने गरिएको दाबी गरेका छन। उनले सम्बोधन मार्फत एसो भने ,

Advertisement

दुई वर्ष सरकारका काम हरु , प्रधानमन्त्री को सम्बोधन मार्फत

विश्वका विभिन्न सूचकहरुमा नेपालको स्थिति के छ भन्दा कुनै पनि सूचकमा नेपाल नकारात्मक अवस्थामा छैन । अगाडिको स्थानबाट पछाडि झर्यो भन्ने एउटा पनि छैन । केही सूचकहरुका निवेदन गर्न चाहन्छु ।

– विश्व बैंकको व्यवसायसम्बन्धी सूचकांकले नेपालको व्यवसाय वातावरणमा उल्लेख्य सुधार भएको भनेर देखाएको छ । गत बर्ष ११० औं स्थनमा रहको नेपाल यसबर्ष ९४ औं स्थानमा उक्लिएको छ । यसमा १६ स्थान सुधार भएको छ ।
–मानव विकास सूचकांक, जुन संयुक्त राष्ट्रसंघीय मानव अधिकार प्रतिवेदनले देखाएको मानव विकास सूचकांकमा नेपाल १४९ आंै स्थानबाट १४७ औं स्थानमा पुगेको छ । अर्थात दुई स्थान अगाडि बढेको छ ।

–विश्व भोकमरीको सूचकांकमा पनि नेपाल सुध्रिएको छ । अहिले ७३ औं स्थानमा छ ।

–शान्ति सुव्यवस्थाको स्थिति कस्तो छ त भन्दा ग्लोबल पिस इन्डेक्स भन्ने हुन्छ । ग्लोबल पिस इन्डेक्समा नेपालले यसबर्ष १२ बिन्दु सुधार गरेको छ । १६५ देशमध्ये नेपाल ७६ औं स्थानमा पुगेको छ । अरु देशहरुको स्थिति के छ ? नेपालको ७६ स्थान छ भने बंगलादेशको १०१, भारत १४१ औं स्थानमा, पाकिस्तान १३१ औं स्थानमा छ ।

अर्थात, हाम्रो स्थिति एकदमै राम्रो हुँदै गएको छ । यसलाई निकट भविश्यमा हामी अझ राम्रो स्थानमा पु¥याउन सक्छांै । केही टावर पड्काउने, केही मान्छेहरुलाई दुख दिएर चन्दा असुली गर्नेलाई नियन्त्रण गर्दै गएका छौं । यसलाई नियन्त्रण गरेपछि धेरै सुधार हुन्छ ।

–विधिको शासनको स्थानमा नेपाल दुई स्थान माथि उक्लिएको छ, गत बर्षको तुलनामा । क्रमशः यो माथि उक्लिँदै जाँदैछ ।

–भ्रष्टाचार नियन्त्रण र पारदर्शितासम्बन्धी सूचकांकमा ११ स्थान माथि चढेको छ । १२४ आंैबाट ११३ औंमा पुगेका छौं ।

–ह्याप्पीनेस इन्डेक्समा सुखीपनमा तीन तह माथि उक्लिएर ११ औं स्थानमा छौं ।

–आर्थिक, सामाजिक कार्यसम्पादन संस्थागत मुल्याङ्कनसम्बन्धी विश्व सूचकांकमा एक तहमाथि उठेको छ नेपाल ।

– विश्व प्रतिस्पर्धासम्बन्धी सूचकांकमा नेपाल एक स्थान माथि उठेको छ ।

–लैङ्गिक समानताको विश्व सूचकांकमा हामी गत बर्षभन्दा केही स्थान माथि उठेका छौं । गत बर्ष पनि अगाडि नै थियौं, त्यसमा पनि अलिकति माथि उठेको छ ।

– विश्व भ्रमण तथा भ्रमण सूचकांकमा नेपाल एक स्थान माथि उठेको छ ।यसरी अन्तरराष्ट्रिय मानकहरुमा नेपाल अनेक कोणबाट अगाडि बढेको छ । कुनै पनि नकारात्मक मानक छैन । यो हाम्रो निम्ति खुसीको कुरा हो । गर्वको कुरा हो । कम्युनिस्ट सरकारले कुनै पनि मानकलाई माइनस हुन दिएको छैन । सबै प्लस भएका छन् ।

गणतन्त्र स्थापनापछि एक दशकसम्म लगातार ४ प्रतिशतको आर्थिक बृद्धिदर थियो । तीन बर्षयता ६.५ भन्दा माथि छ । गत बर्ष ७.१ प्रतिशत आर्थिक बृद्धिदर थियो, यस बर्ष केही कुराहरुले धक्का दिए पनि हाम्रो आर्थिक बृद्धिदर नराम्रो छैन ।

डिसेम्बर २०१९ मा बेलायतबाट प्रकाशित ‘द इकोनोमिक्स पत्रिका’ले विश्वका उच्च आर्थिक बृद्धि गर्ने दशवटा मुलुकभित्र समेटेको छ । उच्च आर्थिक विकास गर्ने बाटोमा लागेका दश वटा मुलुकमध्ये एक नेपाल भएको उल्लेख गरेको छ ।
अहिलेको सरकार गठन भएपछि हामीले लगानी सम्मेलन गर्यौ । त्यसमार्फत लगानीका प्रतिवद्धताहरु बढेका छन् । वैदेशिक लगानीको प्रतिवद्धता १३२.५ प्रतिशतले बढेको छ । लगानीकर्ताहरुलाई सहजीकरण गर्नका लागि भनेर लगानीकर्ता सहजकता केन्द्र सञ्चालन गर्ने भनेका छौं । प्रत्येक स्थानीय तहमा लगानी ग्राम, औद्योगिक ग्राम स्थापना गर्ने भनेका थियौं । ३२ वटा औद्योगिक ग्राम स्थापनाको घोषणा गरिएको छ ।

अन्तराष्ट्रिय व्यापार घाटामा कमी आएको छ । पछिल्लो एक दशकमा बार्षिक औषत २०.४ प्रतिशतले बढेको ब्यापार घाटा चालु आर्थिक बर्षको पहिलो चार महिनामा अघिल्लो आर्थिक बर्षको सोही अवधिको तुलनामा ६.३ प्रतिशतले घटेको छ । ब्यापारघाटा कार्यान्वयन कार्ययोजना अन्तर्गत आन्तरिक उत्पादन बढाउन गरिएको पहल वितरण प्रणालीमा गरिएको सुधार र उपभोग नगर्दा पनि हुने, जनस्वास्थमा हानी पु¥याउने वस्तु आयातमा गरिएको कडाइका कारणले यस अवधिमा आयात ४.३ प्रतिशतले घटेको छ भने निर्यात २७ प्रतिशतले बढेको छ । यद्धपि अहिले पनि साह्रै ठूलो व्यापार असन्तुलन भएकाले सन्तुलनमा आइसकेको छैन । तर, लक्षणमा आयात घटाएका छौं, निर्यात बृद्धि गरेका छौं ।

नेपालको व्यापारमा पनि विविधिकरण भएको छ । पहिले भारतबाट ६८ प्रतिशत र अरु देशहरुबाट ३२ प्रतिशत मात्रै हुन्थ्यो भने अहिले ४० प्रतिशतभन्दा बढी अरु देशबाट पनि गर्न थालेका छौं । ६० प्रतिशतमात्रै भारतबाट हुने गरेको छ । यसमा पनि सकारात्मक सुधार आएको छ ।

अहिले भुक्तानी सन्तुलन पनि छ । ६७ अर्ब ४० करोड घाटामा रहेकोमा यसबर्ष २७ अर्ब २० करोडले बचत भएको छ । उत्पादन र उत्पादकत्व बृद्धि भएको छ ।

आर्थिक बर्ष २०७५÷०७६ मा कृषि उत्पादन ५ प्रतिशतले, औद्योगिक उत्पादन ८.१ प्रतिशतले र सेवा क्षेत्रको उत्पादन ७.३ प्रतिशतले बृद्धि भएको थियो । आर्थिक बर्ष ०७४÷०७५ को तुलनामा धानको उत्पादन ८.९ प्रतिशतले, गहुँको उत्पादन ४.५ प्रतिशतले, मकैको उत्पादन ३.५ प्रतिशतले, तरकारीको उत्पादन १.९ प्रतिशतले, आलुको उत्पादन ३.४ प्रतिशतले र उखुको उत्पादन ११ प्रतिशतले बढेको छ । यद्दपि, उखु उत्पादनमा किसानहरुले पाउनुपर्ने कुरामा फेरि पनि केही समस्याहरु छन् भन्ने सुनिन्छ ।

सरकारले केही अनुदान दिएको छ । धानको उत्पादनमा प्रतिहेक्टर लगभग १० हजार छ भने उखु उत्पादनमा २० हजार अनुदान दिइएको छ । यसरी बढावा गरिएको छ । धानको समर्थन मुल्य दिइएको छ । उखुको समर्थन मूल्य दिइएको छ । यसरी उत्पादनमा बृद्धि भएको छ ।

काठको आयातमा २० प्रतिशतले कमी आएको छ । हामी आफ्नै देशको काठमा आत्मनिर्भर हुने दिशातर्फ गइरहेका छौं । धौवादी फलाम कम्पनी लिमिटेडको स्थापना गरिएको छ ।

म कमरेडहरुलाई भन्न चाहन्छु, हामीले थुप्रै युगान्तकारी कामहरु गरिाखेका छौं । त्यहाँ रहेको फलाम बिभिन्न प्रयोगशालामा गरिएको सफल नमूना परीक्षणबाट करिब ३० बर्षसम्म प्रतिदिन आठ सय टन फलाम उत्पादन हुने सम्भावना देखिएको छ । उत्पादन निकट भविश्यमा सुरु गर्छौं । त्यसका लागि फलाम कम्पनी लिमिटेडको स्थापना गरिसकेका छौं ।

दैलेखमा पेट्रोलियम अन्वेषणको कार्य सुरु भएको छ । यी चिजहरु अगाडि बढ्नेवित्तिकै देशको अर्थतन्त्रमा सकारात्मक असर पर्ने छँदैछ । पर्यटन आवागमनको संख्या बढेको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत साना–ठूला आयोजना तथा कार्यक्रममार्फत करिब २२ लाख रोजगारी सिर्जना भएको छ ।

केही भएन, केही भएन भनेर जुन आलोचना भएको छ । त्यस्तो होइन । प्रचार नभएको, सरकारकातर्फबाट सम्प्रेषण गर्न नसकिएको जस्ता कुराहरुमा न्यूनता हुन सक्छ । तर, काम नभएको भन्ने कुरा होइन ।

पूर्वाधार निर्माणको क्षेत्रमा पनि ठूलो फड्को मारेका छौं । पूर्वाधारको सन्दर्भमा असाधारण काम भएको छ । यो सरकार गठन भएपछि प्रतिदिन ५.७ किलोमिटरका दरले कालोपत्रे भइरहेको छ । केही बर्ष अगाडि बर्षभरिमा १० किलोमिटर सडक कालोपत्रे भएको थियो । यस अवधिमा कुल कुल ३ हजार ६ सय ३६ किलोमिटर सडक कालोपत्रे भएको छ । ३ हजार ५७८ किलोमिटर ग्रामीण सडक कालोपत्रे भएको छ ।

गएको दुई बर्षमा मात्रै ३२५ वटा सडक पुल निर्माण भएका छन् । यो हिस्टोरिकल हो । मान्छेले आफ्नै ठाउँको एउटा पुल देख्ने भयो । सबै पुल एकै ठाउँमा त राख्न हुँदैन । अनि यही एउटा पुल त हो नि भनेर… ।पूर्व–पश्चिम राजमार्गलाई उच्च गतिमा ६ लेनको राजमार्गमा स्तर उन्नती गर्ने कार्य प्रारम्भ भएको छ । कसले कुन ठाउँमा लगानी गर्ने भनेर स्रोत सुनिश्चितता पनि गरेका छौं । नागढुङ्गा सुरुङमार्गको निर्माणको प्रारम्भसँगै नेपाल सुरुङमार्गको युगमा प्रवेश गरेको छ । एउटा युगमा प्रवेश ग¥यो भन्दाखेरि कतिपय मान्छेहरु युग भनेको के हो ? भनेर दार्शनिक ब्याख्या गरिरहेका हुन्छन् । हामीले सुरुङमार्ग बनाउन थाल्यौं । पहिले नेपालमा सुरुङमार्ग थिएन । नागढुङ्गा सुरुङमार्गको सिलान्यास गरिएको छ । टोखा–छहरे, थानकोट–चित्लाङ, खुर्कोट चियाबारी र सिद्धबाबा सुरुङमार्गको अध्ययन सुरु भएको छ । सिद्धबाबा सुरुङमार्गको लागि त १० अर्ब बजेट नै विनियोजन गरिसकिएको छ ।
यसै आर्थिक बर्षदेखि भारतको जयनगरदेखि जनकपुरसम्म नेपालको आफ्नै रेल सञ्चालन हुने गरी काम भइरहेको छ । पूर्व–पश्चिम काठमाडौ, लुम्बिनी, भारतीय सीमाबाट ब्यापारिक क्षेत्रहरु जोड्ने र चीनबाट काठमाडौं जोड्ने रेल निर्माण कार्य अध्ययन सम्पन्न भएको छ ।

नेपाल पानीजहाज कार्यालयको स्थापना भएको छ । भारतले निर्माण गरेको आन्तरिक जलमार्ग प्रयोग गरी समुन्द्रसम्म पुग्न नेपालको आफ्नै ध्जाबहाक पानीजहाज सञ्चालन गर्न सक्ने गरी सहमति भइसकेको छ । नारायणी नदीमा सञ्चालन सफल भइसकेको छ ।
यी कामहरु भएका छन् । एकैदिनमा रोम बनेको थिएन भन्ने भनाइ छ । हामीले कसरी सफलता प्राप्त गरेका छौं । उज्यालो नेपाल अभियान अन्तरगत मुलुकलाई लोडसडिङमुक्त घोषणा गरिएको छ । कुल जनसंख्याको ८८ प्रतिशतमा विद्युत सेवा पुगेको छ । प्रतिव्यक्ति विद्युत खपत बढेको छ । हामी सरकारमा आउँदा प्रतिव्यक्ति १४५ किलोवाट विदुत खपत थियो, यसमा एक सय बढाएर २४५ किलोवाट पुर्‍याइएको छ ।

नेपालको राष्ट्रिय विद्युतको जडित क्षमता बढेको छ । माथिल्लो त्रिशुली ३ ए र कुलेखानीमा सरकारले विशेष पहल ग¥यो । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबाट ५५६ मेगावाट यसैबर्ष निर्माण गर्ने गरी तिव्रता दिइएको छ ।

अन्तरदेशीय विद्युत प्रसारण लाइन गर्ने विषयमा भारत र नेपालबीच सहमति भएको छ । यसले नेपालको उत्पादन विद्युत भारत र बंगलादेशतिर निर्यात गर्न सकिनेछ । गल्छी रसुवागढी केरुङ अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि चीनसँग समझदारी भएको छ । आ–आफ्नो भूभागमा पर्ने काम सुरु भएको छ । विद्युत चुहावट घटेको छ ।

सिंचाई क्षेत्र पनि विस्तार भएको छ ।

त्रिभुवन विमानस्थलको पुर्ननिर्माण गरिएको छ । जसबाट जुनसुकै विमान बस्न सक्ने भएको छ । यसबीचमा पाँच वटा आन्तरिक विमानस्थलको काम भएको छ ।

संघीय संसद भवन तीन बर्षभित्रमा निर्माण सम्पन्न गर्ने गरी काम अगाडि बढेको छ । ललितपुरमा ३००० क्षमताको सभाहल निर्माण अगाडि बढेको छ । काठमाडौंको फोहोर व्यवस्थापन गर्न बन्चरेडाँडामा आधुनिक ल्याण्डफिल्ड साइट निर्माण गरिँदैछ । जनता आवास कार्यक्रम अन्तर्गत ८ हजार आवास निर्माण गरिएको छ । हावाहुरीका कारण बारा र पर्सामा क्षति भएका ८६७ घरहरु निर्माण गरी हस्तान्तरण गरिएको छ ।

मेलम्ची खानेपानी आयोजनाको काम यसै बर्ष सक्ने गरी अगाडि बढेको छ । तुईन बिस्थापन अन्तरगत १२५ वटा झोलुङ्ग्गे पुल बनइएका छन् । २२८ वटा स्वास्थ्य भवनहरु बनाइएका छन् । भुकम्पपछिको पुनर्निमाण तिव्र गतिका साथ असाधारण प्रगति हासिल गरेका छौं ।

धरहराको पुनिनिर्माणमा छैठौं तलाको ढलान भइसकेको छ । रानीपोखरीको पुननिर्माणको कुाम मुख्य रुपमा सम्पन्न भएको छ । दुई लाख ४७ हजार बालबालिकालाई बिद्यालय भर्ना गरिएको छ । समयमै निशुल्क पुस्तक पुर्‍याइएको छ । ६०७ स्थानीय तहमा प्रावधिक तथा व्यवसायिक शिक्षा दिइएको छ । स्वास्थ्य बिमा कार्यक्रम अन्तरगत ५ लाख नागरिकको बिमा गरिएको छ । श्रमिकको पारिश्रमिक ३९ प्रतिशतले र कर्मचारीको १८ र २० प्रतिशतले बृद्धि गरिएको छ ।
अनलाइनको प्रविधिबाट थुप्रो काम गरेका छौं । युवा तथा साना व्यावसायीमार्फत २७ हजार ५२० जनालाई स्वरोजगार बनाइएको छ । दुई बर्षमा १ हजार २ सय सडक बालबालिकाको उद्धार गरिएको छ । काठमाडौंका विभिन्न स्थानबाट २६९ जना बेसाहाराको उद्धार गरिएको छ ।

पृथकतावाद समाप्त गरिएको छ । सिके राउतहरुलाई मूलधारको राजनीतिमा ल्याइएको छ । अरुहरुसँग वार्ता भइरहेको छ । जो सहमतिमा आउँदैन, उसलाई कानुन कार्यान्वयनको माध्यमबाट नियन्त्रण गरिएको छ ।

यस अविधमा सरदर ९ दिनमा संसदबाट एउटा कानुन बनेको छ । संघीयता कार्यान्वयनका लागि विभिन्न १८ वटा नमुना कानुनहरु उपलब्ध गराइएको छ । वित्तीय संघीयता छोटो समयमा नै स्थापना गरिएको छ । ७४५ स्थानीय तहमा बैंकका शाखा पुगेका छन् । ६६ जिल्लामा फोरजी सेवा सञ्चालनमा आएको छ । सरकारी सम्पति फिर्ता ल्याउने अभियान नै चलाइएको छ ।

हामीले अन्तरराष्ट्रिय क्षेत्रमा पहिचान र परिचय र प्रभाव बढाएका छौं । १२ वटा मुलुकसँग थप सम्बन्ध विस्तार भएको छ । कुल १६८ देशसँग कूटनीतिक सम्बन्ध विस्तार भएको छ । १५ वटा मुलुकहरुसँग परामर्श भइरहेको छ ।

नेपालसँग सम्बन्ध विस्तार गर्ने अन्तर्राष्ट्रिय रुची बढेको छ । प्रधानमन्त्रीको हैसियतमा बेलायत र फ्रान्सको भ्रमण गरेँ । चीनका राष्ट्रपतिको नेपाल भ्रमण भयो । भारतका प्रधानमन्त्रीको एउटै कार्यकालमा चारपटक नेपाल भ्रमण भयो । विगतमा एसिया सोसाइटीमा मात्रै उपस्थिति देखिएको थियो, यतिबेला डाभोस फोरम, राष्ट्रसंघीय शान्ति विश्वविद्यालय जस्ता अन्र्तराष्ट्रिय फोरमहरुमा विचारहरु प्रस्तुत गरेका छौं । विश्वस्तरको सगरमाथा सम्वादको फोरम पनि सुरु गर्दैछौं ।

प्रगति हुन थालेपछि एक ठाउँमा मात्रै नभएर त्यसको झलक सबैतिर देखिन्छ । खेलकुदमा पनि देखिएको छ । १२ औं सागमा ३ वटा स्वर्ण ल्याएको नेपालले अहिलेको सागमा ५१ वटा स्वर्ण पदक ल्यायो । २०७ वटा पदक हासिल ग¥यो र आफूलाई भारतपछिकै दोस्रो स्थानमा उभ्यायो ।

२०२० लाई नेपाल भ्रमण बर्ष घोषणा गरेका छौं ।