कोरोनाभाइरस बाट चीनमा अहिले सम्म १७० को मृत्यु

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण हाल १६ देशमा फैलिइसकेको छ ।भाइरसको आकार क्राउन (काँडा जस्तो) देखिने भएकाले यसलाई ‘कोरोना’ नाम दिइएको छ । कोरोना भाइरसले मानिसको फोक्सोमा घातक संक्रमण हुन्छ । सबैभन्दा पहिले संक्रमित व्यक्तिलाई ज्वरो आउँछ । त्यसपछि सुक्खा खोकी लाग्छ । एक हप्तापछि सास फेर्न गाह्रो हुन्छ र मानिसको ज्यानै जान्छ ।डब्लुएचओका महानिर्देशक टेड्रोस एड्हानोमले कोरोना भाइरसबाट संक्रमितको संख्या चीन बाहिर थोरै भए पनि यो संख्या बढ्ने सम्भावना रहेको बताएका छन् । मानिसबाट मानिसमा संक्रमण फैलिएको पुष्टि भएको भन्दै उनले त्यसलाई चिन्ताजनक भनेका छन् ।

नयाँ आँकडा सार्वजनिक भएपछि संसारभरी कोरोना भाइरसबाट संक्रमित व्यक्तिको संख्या ७ हजार ७ सय ११ पुगिसकेको छ भने संदिग्धको संख्या १२ हजार १ सय ६७ बताइएको छ ।चीनमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या बुधबार १ सय ७० पुगेको छ ।यसका साथै कोरोना भाइरसका १ हजार ७ सय नयाँ व्यक्ति संक्रमित भएको पुष्टि भएको बताईयको छ ।

Advertisement