जनताको सुखी जीवन शहीदको मार्गदर्शन : प्रधानमन्त्री ओली

१६ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिको राष्ट्रिय आकांक्षा तथा जनताको सुखी जीवन हाम्रा चार अमर शहीदले देखाएको मार्गदर्शन भएको उल्लेख गर्दै शहीद दिवस २०७६ का अवसरमा लोकतान्त्रिक आन्दोलनका विभिन्न कालखण्डमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने अमर शहीदप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दै प्रधानमन्त्री ओलीले जहानियाँ राणा शासन, निरङ्कुश पञ्चायती व्यवस्था र जन्मसिद्ध श्रेष्ठताका आधारमा चलेको निरङ्कुश राजतन्त्रात्मक व्यवस्थाको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गरेर स्वप्नद्रष्टा शहीदको आत्मबलिदानमार्फत् सामाजिक न्याय, कानूनी शासन र जनाधिकारसहितको न्यायपूर्ण व्यवस्था प्राप्त गरेको स्मरण गरेका छन्।

राणा शासन अन्त्य गराउन ज्यानको आहुति दिने शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठको यस दिन स्मरण गरिन्छ । १० माघ १९९७ मा शुक्रराज शास्त्रीलाई काठमाडौं टेकु खरिबोट रूखमा झुन्ड्यार मारिएको थियो । यसैगरी, धर्मभक्त माथेमालाई १३ माघमा सिफलमा झुन्ड्याइएको थियो ।त्यस्तै, शहीद दशरथ चन्द र गंगालाल श्रेष्ठको १५ माघमा राणा शासकले शोभा भगवतीमा गोली हानी मृत्युदण्ड दिएको थियो ।

Advertisement