सभामुखका उम्मेदवार अग्नि सापकोटाविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता

सभामुखका उम्मेदवार अग्नि सापकोटाविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ । अधिवक्ता दिनेश त्रिपाठीले आज सर्वोच्चमा रिट दर्ता गर्दै २०६२ सालमा भएको एउटा हत्या अभियोगमा सापकोटामाथि न्यायिक अनुसन्धान जारी रहेकाले उनलाई सभामुखमा निर्वाचन नगर्न र निर्वाचन प्रक्रिया रोक्न माग गरिएको छ ।काभ्रेका अर्जुन लामाको हत्या अभियोगमा उनीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ। सापकोटा सभामुखमा निर्विरोध निर्वाचित हुँदै छन् ।

Advertisement