२३ पाईलट हरुको सामूहिक राजीनामा

१० माघ, काठमाडौं । बिदेसी र नेपाली पाइलटबीच सेवा सुविधामा विभेद गरिएको भन्दै नेपाल एयरलाइन्सका पाइलटहरुले सामूहिक राजीनामा दिने चेतावनीसहितकाे पत्र बुझाएका छन उक्त ‘राजीनामा नाेटिस’ लेखिएकाे चेतावनी पत्रमा २० पाइलटकाे हस्ताक्षर रहेको छ सेवा–सुविधा कम भएको, विदेशी र स्वदेशी पाइलटलाई विभेद भएको भन्दै ए ३२० र ए ३३० जहाज उडाउने २ दर्जन पाइलटले बिहीबार साँझ व्यवस्थापनसमक्ष लिखित पत्र बुझाएका छन् ।

पाइलटहरूका अनुसार विदेशीले महिनामा ४६ घन्टामात्र जहाज उडाउँछन् भने हप्तामा २ दिन छुट्टी पाउँछन् र १५ लाख तलब पाउछन ।
तर नेपाली स्थायी पाइलटले महिनामा ९५ घन्टा जहाज उडाउने र हप्तामा १ दिनमात्र विदा पाउने गरेका जनायका छन। नेपाल भ्रमण वर्ष चलिरहेका बेला पाइलटहरुले तीन महिनापछि लागू हुने गरी राजिनामा वुझाएका हुन् ।

Advertisement