बेल्जियमकी राजकुमारी एस्ट्रिड चितवनमा

चितवन । बेल्जियमकी राजकुमारी एस्ट्रिडलाई बुधबार भरतपुरमा स्वागत गरिएको छ । नवलपरासीको मध्यबिन्दु जिल्ला अस्पतालमा हुने एक कार्यक्रममा सहभागी हुन आएकी राजकुमारी एस्ट्रिडलाई भरतपुर महानगरपालिकाले औपचारिकरुपमा पञ्चैबाजाका साथमा भव्य स्वागत गरेको हो । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र उपप्रमुख पार्वती शाहले विमानस्थलमै पुगेर फूलमालाले राजकुमारी एस्ट्रिडलाई स्वागत गरेकी छन् । सो अवसरमा प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईसहित जिल्लाका सुरक्षा प्रमुखहरुको उपस्थिति रहेको थियो । विमानस्थल बाहिर महानगरपालिकाले राजकुमारी एस्ट्रिडलाई पञ्चैबाजाका साथ स्वागत गरेको थियो । राजकुमारीको स्वागतमा बेल्जियमका लागि नेपाली राजदूत लोकबहादुर थापा पनि सहभागी थिए । राजकुमारी एस्ट्रिडलाई महानगरपालिका प्रमुख दाहालले महानगरको बारेमा जानकारी गराएका थिए । उनले यहाँको पर्यटकीय, भौगोलिक, सांस्कृतिक महत्वका विषयमा दाहालले जानकारी दिएका थिए । दाहालसँगै राजदूत थापाले जिल्लाको महत्वका बारेमा राजकुमारी एस्ट्रिडलाई अवगत गराएका छन् । राजकुमारी एस्ट्रिडसँगै उहाँका श्रीमान् राजकुमार लोरेन्जसहित सात जनाको समूह सहभागी भएको थियो । राजदूत थापाका अनुसार राजकुमारी एस्ट्रिडले नेपालका राष्ट्रपति, उपप्रधान तथा रक्षामन्त्री, परराष्ट्रमन्त्री, स्वास्थ्यमन्त्री, पर्यटनमन्त्रीलगायतसँग भेट गर्ने कार्यक्रम छ । उनी बुधबार नवलपरासीबाट फर्किएर मेघौली बस्ने कार्यक्रम रहेको छ । यही ५ माघमा नेपाल आएकी एस्ट्रिड ११ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ

Advertisement