समयमै स्थानीय निर्वाचन गर्न माग गर्दै अनेरास्ववियुले बुझायो प्रधानमन्त्रीलाई पत्र

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले छिटो स्थानीय तह निर्वाचनको मिति तोक्न माग गर्दै सरकारको ध्यानाकर्षण गराएको छ ।

अनेरास्ववियु अध्यक्ष सुनिता बराल नेतृत्वको टोलीले आज बिहान निर्वाचन आयोगबाट मार्चपाससहित प्रधानमन्त्री कार्यालय कन्ट्रोलका उपसचिव जनकराज भट्टमार्फत प्रधानमन्त्रीलाई भेटेर ध्यानाकर्षण पत्र बुझाएको हो ।

अनेरास्ववियुले संवैधानिक व्यवस्थाअनुसार स्थानीय तहको निर्वाचनका लागि मिति तोक्न माग गर्दै विभिन्न कार्यक्रम पनि गर्दै आएको छ ।

Advertisement