प्रधानमन्त्रीको आइटी विज्ञमा दिपेश विष्ट नियुक्त

प्रधानमन्त्री शेरबहादुर देउवाले सूचना, प्रविधि विज्ञमा दिपेश विष्टलाई नियुक्त गरेका छन्।

Advertisement

प्रधानमन्त्री देउवाले आज ईञ्जिनियर विष्टलाई प्रधानमन्त्रीको ‘आइटी विज्ञ’ नियुक्त गरेका हुन्। विष्टलाई प्रधानमन्त्रीले आइटी विज्ञ नियुक्त गरेको प्रधानमन्त्रीको सचिवालय स्रोतले जानकारी दिएको छ।

विष्टलाई सहसचिव सरहको सेवा सुविधा दिने गरी विज्ञमा नियुक्त गरिएको हो।

विष्ट यसअघि नेपाली कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागअन्तर्गत एनसी विन (नेपाली कांग्रेस वाइड इनफरमेसन नेटवर्क) का संयोजक पनि थिए।

उनले सन् २०१२ मा ईञ्जिनियरिङ म्यानेजमेन्ट सकेका थिए भने ग्रामीण विकासमा स्नातकोत्तर पनि गरेका छन्।

साथै उनी नेपाल ईञ्जिनियरिङ परिषदको दुई कार्यकाल बोर्ड सदस्य थिए। उनी डेमोक्रेटिक इञ्जिनियर्स नेपाल (सिडेन) को पूर्वमहासचिव पनि हुन्।