थप ४ हजार ९०४ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

काठमाडौं ।  नेपालमा थप ४ हजार ९०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा एन्टिजेन र पीसीआर विधिबाट १४ हजार ५६२ जनाको नमूना परीक्षण गर्दा शनिबार ४ हजार ९०४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

गत २४ घण्टामा १० हजार १०१ नमूनाको पीसीआर र ४ हजार ४६१ नमूनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयका अनुसार पीसीआर परीक्षणबाट ३ हजार ३१८ जना र एन्टिजेन परीक्षणबाट एक हजार ५६८ जनामा संक्रमण पुष्टि भएको हो। यस्तै, गत २४ घण्टाको अवधिमा ५ हजार ९२४ जना कोरोना संक्रमणबाट मुक्त (निको) भएका मन्त्रालयले जानकारी दिएको छ।

गत २४ घण्टाको अवधिमा देशका विभिन्न ठाउँमा गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ७०३ पुगेको छ। मन्त्रालयका अनुसार देशभर हाल ८७ हजार ३२९ जना सक्रिय संक्रमित छन्।

Advertisement