काठमाडौं उपत्यकामा थपिए २९४० संक्रमित

काठमाडौं  । काठमाडौं उपत्यकामा २ हजार ९४० जना कोरोना संक्रमित थपिएका छन्। गत २४ घण्टामा गरिएको एन्टिजेन र पीसीआर परीक्षणबाट उपत्यकाका ३ जिल्लामा थप २ हजार ९४० जनामा संक्रमण पुष्टि भएको हो ।

थपिएका संक्रमितमध्ये सबैभन्दा बढी काठमाडौं जिल्लाका छन्। काठमाडौं जिल्लामा २ हजार १५३ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको  छ।

यस्तै, ललितपुर जिल्लामा ५१९ र भक्तपुर जिल्लामा २६८ संक्रमित थपिएका मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर ६ हजार ८२७ जना संक्रमित थपिएका छन्।

Advertisement