थप ८ हजारमा संक्रमण पुष्टि, १५ जनाको निधन

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ हजार ८ सय ८ जनाको नमुना परीक्षण गर्दा ८ हजार १७ जनाका संक्रमण पुष्टि भएको हो। गत २४ घण्टामा ५ हजार २९२ जना संक्रमणमुक्त भएका छन् भने यो अवधिमा थप १५ जनाले ज्यान गुमाएका छन्।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या ९० हजार ५७६ पुगेको मन्त्रालयले जनाएको छ। साथै यो अवधि ५ लाख, ५४ हजार ५६६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।

Advertisement