कोरोना संक्रमणपछि प्रचण्डपत्नी सीताको आईसीयूमा उपचार हुँदै

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन्। सीतालाई कोरोना संक्रमण भएपछि ललितपुरको मेडिसेटी अस्पताल भर्ना गरिएको प्रचण्डको सचिवालयले जनाएको छ।

स्वास्थ्यमा सुधार हुन नसकेपछि उनलाई तीन दिनदेखि आईसीयूमा राखेर उपचार भइरहेको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए उनको स्वास्थ्यमा सकारात्मक सुधार भइरहेको मल्लले बताएका छन्।

सीता लामो समयदेखि पार्किन्सन्ससँग मिल्दोजुल्दो लक्षण भएको रोगबाट पीडित छन्।  कोरोना संक्रमण भएका प्रचण्डको भने रिपोर्ट नेगेटिभ आइसकेको छ।

Advertisement