May 13, 2024, Monday
३१ बैशाख २०८१, सोमबार

बतास समूहले भाडामा लिएको धर्मशाला निरीक्षण गर्न पशुपति क्षेत्र पुगे मन्त्री आले

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले बतास अर्गनाइजेशनबाट सञ्चालित पशुपति धर्मशालाको निरीक्षण गरेका छन् ।

Advertisement

धर्मशाला भाडामा लिएर महँगो होटल चलाएको भन्दै बतास समूहको आलोचना भएपछि मन्त्री आले आज बिहान त्यहाँ पुगेर निरीक्षण गरेका हुन् ।

यस विषयमा सत्यतथ्य बुझ्न आफैं धर्मशाला आएको मन्त्री आलेले बताए । सत्यतथ्य बुझेपछि आवश्यक निर्णय लिइने उनले बताए ।

पशुपति क्षेत्र विकास कोषसँग मिलेर बतास समूहले १९ रोपनी जग्गामा ३४ करोड लागतको ८८ कोठे धर्मशाला भाडामा लिएर होटल सञ्चालन गरिरहेको छ।

यसअघि मन्त्री आलेले बतास समूहले सञ्चालनको तयारी गरिरहेको नारायणहिटीको क्याफेको ठेक्का रद्ध गरेका थिए।