भिएआर अनिवार्य नहुने, अतिरिक्त खेलाडी पाँच राख्न पाइने

बैशाख २७ । कोरोना भाइरसको महामारीका कारण रोकिएको लिग फुटबल अन्तर्गत यो सिजनका बाँकी खेलहरु सुरु गर्नका लागि अस्थायी रुपमा केही नियमहरु परिवर्तन गरिने बताइएको छ । अब टिमहरुले पाँच थप खेलाडी राख्न पाउने छन् भने भिएआर अर्थात भिडियो असिस्टेन्ट रेफ्री प्रयोग नगरे पनि हुने विकल्प रोज्न पाउने भएका छन् ।

यो सिजनका खेलहरु सुरु गर्नका लागि विश्व फुटबलको प्रशासकीय निकाय फिफाले यी व्यवस्थासहित गरेको प्रस्ताव स्वीकृत भएको हो । विश्वका अधिकांश फुटबल लिगहरु महामारीका कारण रोकिएका छन् । अब केही लिगहरु सुरु हुने तयारीमा छन् ।

जर्मन बुण्डेस लिगा फुटबल यहि मे १६ देखि सुरु हुँदैछ भने स्पेनिस ला लिगा फुटबल पनि सुरु गर्नका लागि तयारी शुरु गरिएको छ । इंग्लिस प्रिमियर लिग फुटबलका बाँकी खेलहरु आउँदो जुनमा गर्नका लागि अहिले प्रोजेक्ट रिस्टार्टमा काम भइरहेको जानकारी भईरहेको छ ।

Advertisement