निगमद्वारा सोभेनियर सेल्स काउन्टरको स्थापना
राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले नेपाली मौलिक उत्पादन यात्रुलाई बिक्रीका रुपमा उपलब्ध गराउन निगमको टिकट बिक्री कक्षमा सोभेनियर सेल्स काउन्टरको स्थापना गरेको छ ।
निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारले उक्त सेल्स काउण्टरको आज यहाँ एक कार्यक्रमकाबीच उद्घाटन गर्दै नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय जगतमा प्रवद्र्धनका लागि काउन्टर उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।
केन्द्रीय कार्यालयको टिकट बिक्री कक्षमा खोलिए जस्तै सोभेनियर सेल्स काउन्टर निगमका अन्य कार्यालयमा पनि क्रमशःखोल्दै जाने लक्ष्य राखिएको निगमले जनाएको छ ।
नेपालको कला संस्कृतिलाई अन्तर्राष्ट्रिय जगतमा व्यापकता प्रदान गर्दै विपन्न वर्गको सीपलाई प्रोत्साहन गरी नेपाली उत्पादनलाई स्वदेशी एवं विदेशी यात्रुका माध्यमबाट अन्तर्राष्ट्रिय जगतमा पु¥याउने उद्देश्यले निगमको टिकट बिक्री कक्षमा सोभेनियर सेल्स काउन्टरको स्थापना गरिएको जनाएको छ ।
नेपाली कच्चापदार्थ बाँस, घाँस आदिबाट बनेका ढक्की, ब्यालेट, पर्सका साथै कप, टि–म्याट, विमान चढ्दा सजिलोका लागि लगाउने नेक पिलो, विमानका नमूना जस्ता सामान सेल्स काउन्टरमा उपलब्ध हुनेछन् ।
प्रतिकृया दिनुहोस्