May 19, 2024, Sunday
६ जेष्ठ २०८१, आईतवार

विश्व बैंक प्रक्षेपण अनुसार कोरोनाको कारण नेपालको आर्थिक वृद्धिदर १.५ देखि २.८ प्रतिशतसम्म मात्र

चैत्र ३०, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) का कारण नेपालको आर्थिक वृद्धिदर चालु आर्थिक वर्षमा १.५ देखि २.८ प्रतिशत मात्र हुने विश्व बैंकको प्रक्षेपण प्रकाशित भएको छ । विश्व बैंकले जारी गरेको दक्षिण एसिया इकोनोमी फोकसमा कोरोनाका कारण रेमिटेन्स घट्ने, पर्यटन क्षेत्र ठप्प भएको तथा व्यापार प्रणाली रोकिएकाले आर्थिक वृद्धि १.५ देखि २.८ सम्म मात्र हुने प्रक्षेपण गरेको हो । नत्र सामान्य अवस्थामा विश्व बैंकको अनुमान अनुसार साढे ६ प्रतिशत हुने आकलन गरिएको थियो।
सरकारले चालु आर्थिक वर्षको बजेटमा साढे ८ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य लिएको लिएको छ। कोरोनाका कारण एक महिना अगाडि ५ प्रतिशत मात्र आर्थिक वृद्धिदर हासिल हुने अनौपचारिक अनुमान केन्द्रीय तथ्यांक विभागले गरेको थियो। विश्व बैंकले कोरोना भाइरसको कारण लकडाउन गर्नुपरेको र यसले अर्थतन्त्रको स्थिति अझै खराब हुने जनाएको छ । तर यता सरकार अझ लकडाउन बढाउनेकी भन्ने छलफल गर्दै छ । यदी लकडाउन लम्बिएमा अझ सोच्नै नसकिने अवस्था समेत आउन सक्छ ।

Advertisement