May 17, 2024, Friday
४ जेष्ठ २०८१, शुक्रबार

नरोत्तम वैद्यको अभिव्यक्ति आपराधिक : नेकपा एमाले

नेकपा एमालेले वाग्मती प्रदेश सभा सदस्य नरोत्तम वैद्यले प्रदेश सभामा दिएको अभिव्यक्ति आपराधिक भएको बताएको छ ।

Advertisement

पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले विज्ञप्ति निकालेर वैद्यको भनाइको भर्त्सना गर्दै प्रधानमन्त्री ओलीको हत्या गर्न दिएको धम्कीलाई एमालेले अत्यन्त गम्भीर रुपमा लिएको बताउनुभएको छ ।

वैद्यको भनाइ फौजदारी कानुन आकर्षित हुने खालको भएको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्रीको हत्याका लागि अरुलाई समेत दुरुत्साहन गर्ने र आवश्यक परे आफैँ पनि हत्याका लागि तयार रहेको निजको अभिव्यक्ति आपराधिक, अत्यन्त आपत्तिजनक र निन्दनीय छ ।

यस अभिव्यक्तिको घोर भर्त्सना गर्दै हाम्रो पार्टी यो विषय देशको फौजदारी कानुनसमेत आकर्षित हुने विषय हो भन्ने ठान्दछ ।’ प्रवक्ता ज्ञवालीले यस विषयमा सम्बद्ध राजनीतिक दलको समेत ध्यानाकर्षण गराउनुभएको छ । वैद्य नेपाली कांग्रेसको तर्फबाट निर्वाचित वाग्मती प्रदेश सभा सदस्य हुनुहुन्छ ।