May 17, 2024, Friday
४ जेष्ठ २०८१, शुक्रबार

एक महिलाले जन्माइन् एकसाथ दस बच्‍चा

एक महिलाले एकैपटक १० वटा शिशुलाई जन्म दिएकी छन् । दक्षिण अफ्रिकाकी ३६ वर्षीया गोसियामी थामारा सितहोलले सोमबार राति प्रिटोरियाको एक अस्पताल सात छोरा र तीन छोरीलाई जन्म दिएकी हुन् ।

Advertisement

उनले एकैपटक १० शिशु जन्माएसँगै मालिकी २५ वर्षीया आमा हालिमा सिस्सेले बनाएको गिनिज वर्ल्ड रेकर्ड तोडिएको छ । २५ वर्षीया आमा हालिमा सिस्सेले मोरक्कोको क्लिनिकमा सिजेरियन विधिबाट ती शिशुलाई जन्म दिएकी थिइन् । जन्मिएका शिशुहरूमा पाँच बालिका र चार बालक थिए ।

गाउटेङ प्रान्तको सामाजिक विकास विभागले सितहोलले १० शिशुलाई जन्मदिएको पुष्टि गरेको छ । स्थानीय सञ्चारमाध्यमहरूका अनुसार पूरा अवधि नपुगी जन्मिएका सितहोलका शिशुहरूलाई अहिले अस्पतालमै राखिएको छ ।

यसअघि पनि उनले जुम्ल्याहा शिशुलाई जन्म दिएकी थिइन् । एउटा रिटेलस्टोर म्यानेजरको काम गर्ने उनले अब जन्मेका शिशुहरूको पालपोषण गर्न आफू र श्रीमान समस्या हुने भन्दै सहयोग मागेको स्थानीय संचारमाध्यमहरूले उल्लेख गरेका छन् ।