May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

कोरोनाको कारण ईपीएल क्रिकेट स्थगित

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट स्थगित भएको छ ।कोरोनाभाइरसका कारण आगामी चैत १ देखि १५ गते सम्म काठमाडौंमा हुने तय एभरेस्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिता स्थगित भएको हो ।

Advertisement

यो सिजनमा क्रिस गेलसहितका स्टार खेलाडीहरु आउने पक्का भएको थियो । तर विश्वभर कोरोनाको संक्रमण फैलिएपछि आयोजक ईपीएल प्रालीका प्रमुख अमिर अख्तरले भने, ‘६/७ महिनादेखि ईपीएलको तयारी गरेका थियौं । खेलाडी र फ्यानहरुको सुरक्षाका कारण प्रतियोगिता तोकिएको समयमा गर्न नसकिने भयो । अर्को सूचना नआएसम्मका लागि स्थगित गरेका छौं ।इपिएलमा ६ टिमबीच प्रतिस्पर्धा हुने तय थियो। अब उनले विदेशी खेलाडी र नेपाली राष्ट्रिय टिमको खेल तालिका मिलाएर अर्को मिति घोषणा गर्ने बताएका छन।

#EPLT20

EPL - Everest Premier League को फोटो।

EPL - Everest Premier League को फोटो।