May 17, 2024, Friday
४ जेष्ठ २०८१, शुक्रबार

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा क्रमिक सुधार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गइरहेको चिकित्सकहरूले बताएका छन् ।बुधबार दोश्रो पटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीले बिहीबार बिहान कालो चिया पिएको बताइएको छ।प्रधानमन्त्रीको स्वास्थ्य अवस्थामा बुझ्न उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेल पुगेका थिए । ‘प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक रुपमा सुधार भएको र उहाँले चिया खानु भएको चिकित्सहरुले बताउनु भयो’उनले भने ।उनको अवस्थामा सुधार आएको र बोल्न सक्ने अवस्थामा रहेको चिकित्सकहरुको भनाइ छ ।

Advertisement