एसीसी इस्टर्न रिजन टी २० कप क्रिकेटमा नेपालको कीर्तिमानी जित

काठमाडौं । नेपालले थाइल्याण्डमा जारी एसीसी इस्टर्न रिजन पुरुष टीट्वान्टी कप क्रिकेटमा पहिलो कीर्तिमानी जित निकालेको छ ।यसअघि लगातार दुई खेलमा पराजित भएको नेपालले बुधवार घरेलु टोली थाइल्याण्डलाई ९ विकेटले पराजित गरेको हो।

थाइल्याण्डले दिएको ६७ रनको सामान्य लक्ष्य नेपालले ५.३ ओभमा १ विकेट गुमाएर पूरा गरेको हो । नेपालका लागि ओपनर कुशल मल्लले अवजित ३६ र पवन सर्राफले अविजित २७ रन जोडे । पहिलो जितपछि नेपालले ३ खेलबाट २ अंक जोडेको छ ।टीट्वान्टी अन्तर्राष्ट्रियमा नेपालको यो कीर्तिमानी जित हो ।थाइल्याण्डका लागि हेन्नो जोर्डनले १३ रन जोडे । फिरियापोङ सुआनचुईले पनि अविजित १३ रन बनाए । यस्तै नाभिद पठानले ८ रन जोड्दा जिउल हकले ५ रन बनाए ।जितसँगै नेपालले ३ खेलमा २ अंक जोडेको छ ।

Advertisement