May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

पुनः दोहोरिय अर्थमन्त्रीमा, डा.युवराज खतिवडा

काठमाडाैं।राष्ट्रियसभा सदस्यको पदावधि सकिएपछि मङ्गलबार पदबाट राजीनामा दिएका अर्थमन्त्री डा युवराज खतिवडालाई अर्थमन्त्रीमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुनः नियुक्त गरेकी छन्। खतिवडाले अपराह्न ४ बजे राष्ट्रपति भवन शीतलनिवासमा पद तथा गोपनीयताको सपथग्रहण लिनेछन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७८ को उपधारा (१) बमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा डा खतिवडालाई नियुक्त गरेकाे राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले जानकारी दिए।संविधान अनुसार, खतिवडा अब ६ महिनासम्म अर्थमन्त्री रहन सक्छन् । त्यसबीचमा उनी संघीय संसदको सदस्य नबनेमा स्वतः उनी मन्त्रीबाट हट्नेछन् ।

Advertisement