प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना सहित पसुपतिमा पूजा,

शिक्षण अस्पताल महाराजगञ्जमा प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण भैरहदा उहाँको स्वास्थ्यलाभको कामना सहित पसुपति नाथमा बिषेश पूजापाठ गरिएको छ । पसुपति बिकास कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाले प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना सहित पसुपति नाथमा आज पहिलो प्रहरको पुजापाठ गराउनु भएको हो । मिर्गौला प्रत्यारोपणको सफलतासहित शीघ्र स्वास्थ्यलाभको कामना सहित बिहान भएको बिषेश पूजापाठ र रुद्राभिषेकमा डा. थापा सहित अन्य सुभेक्षुकहरुको सहभागिता रहेको थियो । कोषाध्यक्ष थापाले चीनबाट सुरु भई विश्वका ७७ देशमा फैलिएको कोरोना भाईरहको संक्रमण नेपालमा नफैलियोस भनेर राष्ट्रदेव पसुपति नाथमा बिषेश पूजापाठ गराउन लागेको पनि जानकारी दिनुभयो ।

Advertisement